रूकुम हत्याकाण्डका दोषीहरूलाई हदैसम्मको सजाय गर्न गापा सदस्य छिनालको माग

भालुवाङ,  दाङकाे राप्ती गाउँपालिकाका गाउँ कार्यपालिका सदस्य संजिव छिनालले रूकुम पश्चिममा भएको हत्याकाण्डका दोषी तथा हत्याराहरूलाई हदै सम्मको कारवाहीको माग गरेका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी कार्यपालिका सदस्य छिनालले यस्तो माग गरेका हुन् । उनले एक्काईसौ सताब्दीमा मानव कलंकको रुपमा रहेको जातभात, छुवाछुत, तल्लो माथिल्लो जात भन्नु अमानविय ब्यवहार र कानुनले बर्जित गरेको बताएका छन् ।

रुकुम पश्चिममा अन्तरजातीय विवाहको निहुँमा सुनियोजित ढंगबाट नवराज विक सहित ६ जनाको हत्या गरिएको खवरले हामी सबैलाई स्तब्ध बनाएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । यस्तो घटनाले हामी सबै बीच आपसी सद्भाव विथोलेको र दलित तथा गैर दलित सबै समुदायलाई चिन्तीत बनाएको उनले बताएका छन् ।

दलितको नाममा हत्या भएकोे घट्नाको सत्यतथ्य छानवीन गरी हत्यारालाई हदैसम्मको कानूनी कार्वाहीको माग गर्दछु उनले विज्ञप्तिमा लेखेका छन् ।साथै उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारले तुरुन्त पहल गर्नुपर्ने बताएका छन् । घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा नपर्न पनि सुझाव दिएका छन् । आगामी दिनमा यस प्रकारको जातिय विभेदको कारण कसैको अपहेलना, कुटपीट तथा हत्या नहोस भन्ने समेत सबैमा अनुरोध गर्दछु । विज्ञप्तिमा उल्लेख गरेका छन् ।