दाङको बेलझुण्डीबाट ८ जनाले जिते कोरोना

दाङको बेलझुण्डीमा रहेको कोरोना बिषेश अस्पतालबाट शुक्रबार ८ जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज विदाई गरेर घर पठाईएको कोरोना विशेष अस्पताल   बेलझुण्डीका सदस्य सचिव डा सर्वेश शर्माले जानकारी दिए ।

उनीहरुलाई एक औपचारिक कार्यक्रम गरी खादा लगाएर विदाई गरिएको शर्माले बताए । निको भएर घरजानेमा कपिलवस्तुका ४ जना, बाँके नरैनापुरका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना रहेका छन् ।

कोरोना जितेकाहरुलाई लिन संवन्धित स्थानिय पालिकाहरुले एम्वुलेन्स पठाएका थिए । अस्पतालमा ४५ जना कोरोना संक्रमित रहेकोमा ८ डिस्चार्ज भए संगै अहिले ३७ जना कोरोना संक्रमित रहेका छन् ।