१९ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या पुग्यो २ सय ६

काठमाडाैँ, शुक्रबार थप १९ जना संक्रमितले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या २ सय ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौं उपत्यकाका ३ अस्पतालसहित दाङको कोरोना विशेष अस्तालबाट उपचारपछि निको भएर १९ जना घर फर्किएका हुन् ।

टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ जना, बलम्बुको युनिफाइड कोभिड-१९ अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले बताए ।

कोरोनालाई जितेर घर फिर्किने प्रदेश १ मा ३० जना, प्रदेश २ मा १ सय २ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिम प्रदेशबाट ५ जना रहेका छन् ।