बाँकेमा थप १० जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ १६, शुक्रबार १७:१७
प्रकासित समय : १७:१७
नेपालगन्ज, बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १६ जनामा कोरोना संक्रमण देखिएको बाँकेमा शुक्रबार थप १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सबै डुडुवा गाउँपालिकाका पुरुष रहेका छन् ।
उनीहरुको १७ वर्ष देखि ४० वर्ष उमेर समूहका रहेका छन् ।