एकैदिन १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२१२

मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १७० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज थप १७० जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनका अनुसार झापा २८, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, दाङ २ कपिलवस्तु ९ का रहेका छन्। योसहित देशभर संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ।

कोरोना भाइरस संक्रमणपछि उपचार गरेर निको हुने व्यक्तिको संख्या २ सय ६ पुगेको छ। जसमध्ये पुरुष १३२ जना र महिला ७४ जना रहेका छन्।

डिस्चार्ज हुनेमा प्रदेश १ बाट ३० जना, प्रदेश २ बाट १ सय २ जना, बागमती प्रदेशबाट २० जना, गण्डकी प्रदेशबाट २ जना, प्रदेश ५ बाट ४७ जना र सुदुरपश्चिम प्रदेशबाट ५ जना छन्।

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

शुक्रबारसम्म विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा ९९ हजार ३ सय ३६ जना छन्। नेपालमा हालसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ परिक्षण भएका छन्।