कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बसेकाहरूलाई भत्ता

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा क्वारेन्टाइनमा बस्नेहरूलाई भत्ता उपलब्ध गराइने भएको छ ।

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै कर्णाली प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले क्वारेन्टाइनमा बसेकालाइ खाना, बस्न व्यवस्था सहित निर्वाह भत्ता उपलब्ध गराइने बताएका हुन ।