बाँकेका श्रीवास्तव प्रहरी नायब उपरीक्षकमा बढुवा

नेपालगन्ज, बाँके नेपालगन्ज प्रहरी निरीक्षकबाट भर्ना भएका निशान्त श्रीवास्तव प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका छन । प्रहरी नायब उपरिक्षकको पदमा २०७७/०२/०४ गते बसेको बढुवा समितिको बैठकले निकालेको सुचिमा पर्न सफल भएका हुन ।

हत्या, अपहरण जस्ता जघन्य अपराधका घटनाहरुलाई गम्भिरतापुर्बक सुक्ष्म अनुसन्धान गरि अपराधिलाई कानुनको दायरामा ल्याउन सफल प्रहरी अधिकृत हुन ।

मिलनसार र नम्र स्वभावका निशान्त श्रीवास्तव संगठनभित्र मेहनती र इमान्दार प्रहरीको रुपमा परिचित छन ।
अनुसन्धानमा अव्वल मानिने निशान्त श्रीवास्तव नेपालगँज बाँके निवासी हुन ।