१४ खर्ब ७४ अर्बको ६४ करोडको बजेट प्रस्तुत
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १८:४०
प्रकासित समय : १८:४०
अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । सङ्घीय संसद्को बिहीबारको संयुक्त बैठकमा मन्त्री खतिवडाले आज बजेट प्रस्तुत गरेका हुन् । खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।
यसमध्ये चालुतर्फ ९ खर्ब ४८ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षका लागि रु. १५ खर्ब ३३ अर्बको बजेट प्रस्तुत गरिएको थियो। वर्तमान सरकारले ल्याएको यो तेस्रो बजेट हो।
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको यो तेस्रो बजेट हो ।