मदन भण्डारी विश्वविद्यालय खोल्न एक अर्ब २५ करोड

काठमाडाैँ, सरकारले आउँदो वर्ष मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको पुर्वाधार निर्माण गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आबको बजेट प्रस्तुत गर्दै प्राविधिक तथा व्यवहारिक शिक्षाकालागि मदन भण्डारी प्राविधिक विश्वविद्यालयको सन्चालन गर्न १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सुधार तथा पारमाणविक प्रयोगशाला स्थापनाकालागि आवश्यक बजेट व्यवस्थापन गरेको बताए ।

यस्तै, दुई प्रदेशमा विधिविज्ञान प्रयोगशाला स्थापनाकालागि बजेटको व्यवस्था गरेको बताए ।