अब सुरक्षाकर्मीको पोसाक र जुत्ता स्वदेशमै उत्पादन गरिने
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १७:३२
प्रकासित समय : १७:३२
काठमाडौं, सरकारले अब सुरक्षाकर्मीले लगाउने पोसाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । आज (बिहीबार) आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । ‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले लगाउन पोसाक र जुत्ता स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने’, अर्थमन्त्री खतिवडाले भने ।
मन्त्री खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रण भए लगत्तै आवश्यक स्वास्थ्य सुरक्षा कायम गरी सहज सञ्चालमा ल्याइने छ । स्वदेशी उद्योगलाई कर प्रणालीमा प्रोत्साहन गरिने उनको भनाइ छ ।
एक प्रेदश एक पर्यटकीय गन्तव्यको स्थापना गरिने छ । त्यसका लागि सरकारले एक अर्ब २६ करोड रकम विनियोजन गरेको छ ।