बजेट जनपक्षीय आयो, सन्तुष्ट छु : प्रचण्ड

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु यस वर्षको बजेटबाट सन्तुष्ट रहेको बताएका छन् । बजेटबारे प्रतिक्रिया दिने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले प्रस्तुत बजेट प्रगतिशील र जनपक्षीय भएको भन्दै खुशी व्यक्त गरेका हुन ।

उनले अहिलेको परिस्थिति जटिल रहेको बताउँदै आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वबाट यसको समाधान गर्दै लैजानु पर्नेमा जोड दिए। आर्थिक वर्ष २०७७/०७८ को बजेटले सबै समुदाय, त्यसमा पनि निम्नवर्गका जनतालाई सम्बोधन गर्ने र राहत दिनेगरी आएको बताए ।