प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १७:३७
प्रकासित समय : १७:३७
काठमाडौं, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुटाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा देशभित्र रोजगारीको अवसर बढाउने गरी बजेट छुुटाएको जनाएको छ । बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको छ । यसको लागि ११ अर्ब ६० करोड छुट्याइएको छ ।
कोरोनाका कारण रोजगारी गर्न नसक्ने अवस्थामा सिप रुपान्तरण गरी सीप विकास कार्यक्रम संघ प्रदेशमा सञ्चालन गरिने उनले बताए । सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरिएको छ ।
विपन्न परिवारलक्षित खाद्यान्न कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।