थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या एकहजार ४२ पुग्यो
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १४:४९
प्रकासित समय : १४:४९
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो ।
आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।