कोरोना रोकथामका लागि ६ अर्ब

काठमाडाैँ, कोरोना उपचारका लागि स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट पेस गर्दै कोरोना रोकथामका लागि ६ अर्ब बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।