कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतक संख्या पाँच
काठमाडौँ, ललितपुरमा कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ।
ललितपुरको किस्ट अस्पतालमा रहेका एक पुरुषको कोरोना संक्रमणका कारण बुधबार निधन भएको ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलाललेपुष्टि गरे। ५७ वर्षीय कलेजो संक्रमणका बिरामी ती पुरुष गत जेठ १२ गते किस्ट अस्पताल भर्ना भएका थिए। उनको घर ललितपुर महानगरपालिका २२, बुङ्मतिमा थियो।
किस्ट अस्पतालमा भर्ना भएका उनको स्वाब संकलन गरिएर परीक्षणका लागि टेकु पुर्याइएको थियो। स्वास्थय तथा जनसंख्या मन्त्रालयले भने अाैपचारिक रूपमा घाेषणाा गरेकाे छैन।
निधनको केहीबेरपछि टेकुबाट आएको रिपोर्टमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।
नेपालमा यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भइसकेको छ। नेपालमा अहिलेसम्म ८८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।