कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४६
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १२:३१
प्रकासित समय : १२:३१
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् ।
प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका गरिएको परीक्षण अनुसार मध्ये दैलेख नारायण नगरपालिका–१ का २६ बर्षिया पुरुष, ३ का १९, ३०, ३६ र ४० बर्षिया पुरुष, ४ का १ वर्षिया बालक, २० वर्षिया महिला र ५ का १७ वर्षिया पुरुष रहेका छन् ।
कर्णालीमा यस अघि ३८ जनामा संक्रमण पुष्टी यसभन्दा अघि नै भएको र हाल संक्रमितको संख्या ४६ पुगेको बताइएकाे छ ।