कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार ०८:२८
प्रकासित समय : ०८:२८
काठमाडौं, कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना संक्रमितहरुको संख्या ३८ पुगेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षण अनुसार थप १५ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।