एमसिसीका कार्यक्रम बजेटमा समाबेश !
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार २१:१६
प्रकासित समय : २१:१६
काठमाडाैँ, सरकारले आगामी आर्थिक ०७७/७८ को बजेटमा एमसिसीअन्तर्गतका प्रसारणलाइन अघि बढाउने गरी कार्यक्रम ल्याएको छ । सत्तारुढ दल नेकपाभित्रै एमसिसीबारे विवाद रहेकाले एमसिसीले सहयोग गर्ने भनिएका कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवाडले बजेटमा समावेश गर्दै कार्यान्वयनमा लैजाने घोषणा गरेका हुन् ।
जसमा एमसिसीको सहयोगमा अघि बढाउने भनिएको लप्सिफेदी–रातामाटे–दमौली–बुटवल र लप्सिफेदी–रातामाटे–हेटौँडा विद्युत् प्रसारणलाइन बजेटमार्फत नै अघि बढाइएको छ । यी आयोजना सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिएको थियो । जसको विरोधमा संसदमा नेकपाकै सांसद भीम रावलले चर्को विरोध गरेका थिए ।