नवराजको प्रेमले ब्युझिएको समाज !

नेपालको संविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हकको उल्लेख गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन¸२०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानूनबमोजिम भेदभाव तथा छुवाछुत विरुद्धका अधिकारहरु स्थापित गरिएका छन् । साथै भेदभाव तथा छुवाछुत कार्यलार्इ कसूरको रुपमा परिभाषित गरी दण्ड सजायको व्यवस्था समेत गरिएको छ ।

यस प्रकारका कानूनहरु निर्माण गरिएका छन् । नेपालका कानूनका दस्तावेज हेर्दा लाग्छ अपराध नियन्त्रण अब चाडै हुनेछ । समाज सकरात्मक परिवर्तनको दिशाउन्मुख हुनेछ । भन्ने व्यापक आशा तथा अपेक्षा नागरिकहरुमा थियो तर त्यो अझै पुरा भएको छैन् भन्ने तथ्य संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको कर्णाली प्रदेश अन्तरगतको जिल्ला पूर्वी रुकुमा जातियतालाई लिएर भएको बर्बरहत्याकाण्डले दिएको छ ।

जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विकको रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष्मा मल्लसँग प्रेम सम्बन्ध गासियो । प्रेम सम्बन्धमा बाँधिएका उनीहरू विवाह गर्ने निर्णयमा पुगे । उक्त निर्णय उनीहरूका लागि सहज थिएन । फलामको चिउरा चपाउनु जस्तै जब्बर र कठिन थियो ।

यो समाजले दलित भनेर चिनिले समुदायका आमाबाबुको कोखबाट जन्मेका उनी एक मात्र छोरा थिए । साथि सँगै आफ्नी प्रेमिकाको अनुरोधमा उनलाइ आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ हिडेका उनि र उनका साथीहरु गाउँलेको कुटाइबाट मृत्यु भएपछि उनिहरुलाइ भेरीनदीमा बगाइए पछि उनको त्यो सपना पनि भेरी नदीको पानि सँगै उनको लाशको सति बनेर बग्यो ।

हालसम्म उनी लगायत ६ जनाको लाश बिभत्स तरिकाले हत्यागरी बगाइएको अवस्थामा फेला परेको छ । यस प्रकारका घटना नौलो होइनन् विगत हेर्दा यसरि भएका थिए अन्य जातिय भेदभाव तथा छुवाछुतजन्य घटनाहरु जसको जति निन्दा गरेपनि पुग्ने छैन् । यस्ता घटनाले नेपालको छविलार्इ नै अन्तराष्ट्रिय जगतमा धमिल्याएको छ ।

अन्तर्जातीय प्रेम र विवाहलाई लिएर पछिल्ला १० वर्षमा मात्रै थुप्रैको ज्यान गएको छ । २०६८ भदौमा दैलेख तोली–२ का सन्तबहादुर दमाईँ ९दलित० र सोही ठाउँकी राजकुमारी शाही ९गैरदलित० बीच रहेको प्रेम सम्बन्धलाई लिएर सन्तबहादुरका पिता सेते दमाईँको हत्या भएको थियो । यस प्रसंगमा सन्तबहादुर र राजकुमारीको विवाह भएको छ भने सेते दमाईँको हत्यामा संलग्नलाई अदालतको फैसलाअनुसार कारबाही भइसकेको छ । त्यस्तै २०७३ असार ३० मा काभ्रेको होक्से ६ का १८ वर्षीय अजीत मिजार धादिङ गजुरीमा मृत भेटिए ।

अजितको सोही असार २५ गते स्थानीय सर्वमंगला उच्च माविमा अध्ययनरत कल्पना पराजुलीसँग विवाह भएको थियो । कल्पनालाई माइती पक्षले असार २७ गते प्रहरीको सहयोगमा फिर्ता लगेको थियो । अन्तर्जातीय विवाहकै कारण अजितको हत्या भएको किटानी जाहेरी आफन्तले दिए पनि न्यायपूर्ण फैसला नभएको भन्दै परिवारले अझैसम्म अजीतको शव बुझेका छैनन् । त्यसैगरी २०६८ मंसिरमा कालिकोटका मनवीर सुनारको चुरोट सल्काउँदा चुलो छोएको निहुँमा र ०६८ माघमा सप्तरीका शिवशंकर दासको चौधरीकी छोरीसित प्रेम विवाह गरेका कारण हत्या भयो ।

२०५२ माघ २२ गते तत्कालिन नेकपा मशालका तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश गरेका थिए उक्त मागहरु पुरा नभएको भन्दै २०५२ साल फागुन १ गते नेकपा ९माओवादी० ले सशस्त्र क्रान्ति सुरु गर्योक । जातीय छुवाछुत र विभेदमा पिल्सिएका हजारौं उक्त क्रान्तिमा होमिए । गाउँ समाज रुपान्तरणमा परिवर्तन पनि आयो ।

तर त्यसको प्रत्याभूति दलित समुदायले गर्न पाएनन् । यसको उदाहरण रुकुम पश्चिमको घटनाले पुष्टि गर्छ । तत्कालीन नेकपा माओवादीले जनयुद्धको ठूलो उपलब्धि जातीय छुवाछुत र विभेद अन्त्यलाई लिन्छ । तर यो घटनाले जनयुद्धको उपलब्धिलाई नै चुनौती दिएको छ ।

माओवादी युद्ध मात्र होइन २०६२।६३ को माओवादी पार्टि सहितका नेपालका राजनैतिक दलहरुले गरेको जनआन्दोलनको उपलब्धि पनि खाष नभएको अनुभूति हाल जनताहरुले गरिरहेका छन् । परिवर्तनका नाममा भएका यस्ता विभिन्न आन्दोलन तथा युद्धले केवल मानविय क्षति मात्र भएको भान अहिले सर्वत्र भइरहेको छ ।

व्यक्तिलाई धर्म, संस्कृति, परम्परा रीतिरिवाज वा अन्य कुनै पनि नाममा जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा छुवाछुत तथा भेदभाव गर्न नपाइने कुरा नेपालको संविधानमा उल्लेख गरिएको छ । तथापि छुवाछुत, बहिष्कार, प्रतिबन्ध, निष्कासन, अवहेलना तथा मानवता विरोधी भेदभाव जन्य कार्यलाई कानुनले दण्डनीय माने पनि नेपाली समाज अझै पूर्ण रूपमा भेदभाव मुक्त हुन सकेको छैन।
नेपाली समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन।

त्यसैले हाम्रो समाजमा प्रेम मार्फत अन्तरजातीय वैवाहिक सम्बन्ध स्थापित हुन प्रेम जोडीले ठुलै सङ्घर्ष गर्नु परेको छ । अन्तर जातीय विवाहले पूर्ण रूपमा मान्यता नपाउँदा कोही गाउँ छोडेर पलायन हुने, पलायन हुन नसक्नेहरू आत्महत्या गर्ने सम्मका घटना समाजमा घट्ने गरेका छन् । यस्ता प्रकारका घटनाहरू हाम्रो समाजमा प्रशस्तै देख्न र सुन्न पाइन्छ ।

नवराज वि.क हत्याकाण्डमा त आफ्नो अन्तरजातीय प्रेमलाई वैवाहिक सम्बन्धमा जोड्न चाहेका युवाको जातियताकै कारणले लखेटी लखेटी हत्या भएको छ । जसले समाजमा बेचैन सृजना गर्दछ, सामाजिक सद्भावलाई खल्वल्याउदछ र अन्त्यमा समावेशी लोकतन्त्रमाथि नै धावा बोल्दछ। तसर्थ जातियताका आधारमा हुने यस प्रकारका घटनाहरूलाई अन्त्य गर्न राज्यले वेलैमा सचेत हुनुपर्ने देखिन्छ ।

जाजरकोटको यो घटना खास् गरी जातिय उन्माद र अहंकारको प्रमुख कारण हो । कथित माथिल्लो जात भनिनेहरुको जातिय घमण्ड र आडम्बरले सिमारेखा नाघेको देखिन्छ । अर्को तिर कठित सानो जात भनिनेहरु पनि परिवर्तनको महसुस र अनुभुति केवल छोरी चलाउदा मात्र हुन्छ भन्ने कुण्ठित सोच राख्नुन पनि एक हो ।

कानूनी व्यवस्थाहरुमा पर्याप्त समानताका लागि गरिएका व्यवस्थाहरु बलपूर्वक आफूअनुकुल प्रयोग गर्नु खोज्नु भनेको पनि एक कमजोरी पक्ष हो । जातका बारेमा गरिएको व्यवस्थाको जरो नेपाली समाजमा अझै ज्युदै हुनुको एक तथ्य प्रमाणित पटक पटक यस प्रकारका घटनाले प्रस्ट्याउने गरेको पाइन्छ ।

आज भन्दा करिव ५००० बर्ष पहिला महाभारतको युद्ध करिव १८ दिन सम्म चल्नुको पछाडी पनि यस्तै जातिय विभेद एक प्रमुख कारण थियो । महाभारतका दानी पात्र कर्णको जिवन कथालार्इ मात्र अध्ययन गर्ने हो भने दलित समुदायरु केवल शासकको ऐश आरामका लागि मात्र थिए भन्ने बुझिन्छ । यस प्रकार उनिहरुले शिक्षा लिन पाउने र शासक बर्गमा पुग्ने कुनै अधिकार थिएन जुन अधिकार प्राप्तिको लागि परिवर्तनको चाहा राखि कर्ण उक्त युद्धमा होमिएका थिए ।

उक्त कथामा पनि शासकहरुले बनाएको नियमलार्इ भगवानले बनाएको नियम भन्दै कठित तल्लो जात भनिनेहरुलाइ अत्यन्तै क्रुर र अमानविय व्यवहारको प्रदर्शन गरिएको कारण पनि एक थियो । त्यस कारण इतिहासले के भन्छ भने परिवर्तका लडाइ पटक पटक भएका छन तर मानवजातिमा अझै पनि त्यस प्रकारको अवशेष बाँकि छ भन्ने महसुस हुदैछ ।

हामीले के बुझ्न जरुरी छ भने परिवर्तन क्षणभरमै सम्भव छैन । यो त बिस्तारै हुने प्रक्रिया हो । अहिले समाज जातियताको सवालमा विगत भन्दा धेरै परिवर्तन भैसकेको छ र हुनेछ, यसमा हामी सबै परिवर्तनका पक्षधरहरू एकजुट भई जातीय भेदभाव अन्त्यका सवालमा नेपाल सरकारले तय गरेका कानुन र पक्ष राष्ट्र बनेका अन्तर्राष्ट्रिय सन्धिलाई कार्यान्वयन गर्न सघाउ पुर्योउन पर्दछ ।

समाज परिवर्तनशील र गतिशील हुन्छ, यसलाई जनचेतनाका माध्यमबाट गतिशील बनाउने दायित्व तपाई हाम्रो हो। सामाजिक रूपान्तरण कुनै पनि हारको मानसिकताले प्राप्त गर्न सकिन्न । एक दुई गर्दै सयौँ अनि हजारौँलाई परिवर्तन गराउन सकिन्छ । राज्यले पनि समाजमा भएका विकृति विसङ्गतिलाई परिवर्तन गराउन चेतनामूलक कार्यक्रम ल्याउन सक्नु पर्दछ । अन्यथा समाजमा यस्ता प्रकारका विसङ्गति दोहोरिइरहन्छन् ।

नवराज बिश्वकर्मा भार्इ तिमि जातले सानो होइनौ तर यो समाजमा जडो गाडेर बसेको यो समाजको अन्धकाररुपी जालोले तिमिलार्इ सदाका लागि विश्राम लिने बनायो । नवाराज तिमिले परिवर्तन खोज्यौ त्यो तिमिले धेरै जातिय अहमता भएकाहरुलार्इ गितिलो झापट दिएर गएका छौ । तिमिले सोचेको परिवर्न यो समाजमा अवश्य हुनेछ ।

तिम्रो र तिम्रा साथि लगायत अनेकौ तिमि जस्तै जोडिको बलिदानी भाबि दिनको परिवर्तनले भुल्ने छैनौ तिमि त अमर भएर गएका छौँ । तिम्रो वास स्वर्गमा होस जहाँ तिमिलार्इ जातको आधारमा कुनै भेदभाव नहोस । तिम्रो र ति तिम्रा असल साथि जसले तिम्रो प्रेमको लागि बलिदानी दिए ति साथिहरुको आत्माले शान्ति पाओस हार्दिक श्रदाञ्जली ।

पलाता ८ कालिकोट  हाल वीरेन्द्रनगर १ सुर्खेत , कानूनको विधार्थी साथै  स्वास्थ्य बीमा बोर्डमा कार्यरत