वन समुहका अध्यक्षले मनाेमानी रूख कटान गरेकाे भन्दै उजुरी
प्रकासित मिति : २०७७ जेष्ठ १४, बुधबार १८:०८
प्रकासित समय : १८:०८
दाङ, दाङकाे तुलसीपुर ७ मा रहेको धारपानी सामुदायिक वन समुह विरुद्ध डिभिजन वन कार्यालय दाङमा उजुरी परेको छ । वन समुहका अध्यक्षले रुख कटानमा मनोमानी गरेको, सिमासार क्षेत्र जोखिममा पर्ने गरी सालका रुख काटिएको र आर्थिक पारदर्शिता नभएको विषय उल्लेख गरी कार्यालयमा उजुरी परेको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिएका छन् ।
त्यहाका उपभोक्ताहरुले मंगलवार कार्यालयमा उजुरी दिएका छन् । वन अधिकृत ज्ञवालीले भने उक्त विषयमा बुझनका लागी बुधवार कर्मचारी पठाएको बताएका छन् ।यदी त्यसो भएको भए छानविन गरी काुननी कारबाही अघि बढाईने उनले बताएका छन्