दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर

दाङ, दाङमा  क्वारेन्टाइनमा बसेका एक जना  व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो ।

त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर गाउँपालिका वडा नम्बर १ कठ्बेरुवा निवासी अन्दाजी ३२ बर्षीय व्यक्ति रहेको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताए । उनी दुई दिन अघि मात्र भारतको दिल्लीबाट घर आएका थिए । गाउँपालिकाका अध्यक्ष केसीका अनुसार उनी लामो समय देखि बिरामी रहेको बुझिएको छ ।

‘क्वारेनटाईनमा आएपछि पनि उनको अवस्था सामान्य त थियो तर हामीले क्वारेनटाईनमामा ल्याएर राखेपछि उनलाई झन् गाह्रो भएको जानकारी पायौँ र गाउँपालिकाकै स्वास्थ्यकर्मीलाई उपचारमा खटाएका हौ केसीले भने ।

क्वारेनटाईनमामा आएको अर्को दिन उनलाई पखाला लागेको थियो, पखाला निको हुने औषधि खुवाए पछि केहि मात्रामा बिरामी सन्चो भएको थियो । भारतको दिल्ली बस्दा नै उनी दिर्घ रोगि भएको पारिवारिक स्रोतले जनाएको गाउँपालिकाले बताएको छ ।

गाउँपालिककै ल्याबमा उनको रगतको समेत टेष्ट गरिएको छ, रगतको मात्रा एकदमै कम भएको, इन्फेक्सन भएको हेमोग्लोबिनको मात्रा सुन्य भएको जस्ता रिपोर्टमा देखिएर ति बिरामी व्यक्तिलाई घोराही स्थित राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको छ ।

बिरामी बोकेर अस्पताल सम्म लैजानका लागि एम्बुलेन्स नपाएको गाउँपालिकाले जनाएको छ । एम्बुलेन्स जता कतै खोजियो कतै नपाए पछि गाउँपालिकाले भाडामा लिएको पिकअप भ्यानमा बिरामी राखेर अस्पताल पठाएको स्वास्थ्य शाखाका प्रमुख कमल अरसीले जानकारी दिए ।