सुर्खेतमा भारतबाट आएका एक युवाकाे मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ १४, बुधबार १०:३९
प्रकासित समय : १०:३९
बिरेन्द्रनगर, सुर्खेत भारतको गुजरातबाट आएका एक युवकको मृत्यु भएको छ । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल ल्याईएकाे थियाे।
कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भारतबाट आएका युवाकाे बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याएकाे बताए । अस्पतालमा उपचार हुनुभन्दा अगाडि नै उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका–५ अवलचिङका हुन् । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ । स्वाब रिर्पाेट अाज दिउँसोसम्म अाउने असपतालले जनाएकाे छ ।