भारतमा कोरोनाको संक्रमणबाट ४ हजार ३४९ को मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ ।

एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १७७ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।