क्वारेन्टिनमा वडाध्यक्षको अचानक मृत्यु, कोरोना परीक्षण हुने
प्रकासित मिति : २०७७ जेष्ठ १४, बुधबार ०८:३४
प्रकासित समय : ०८:३४
कञ्चनपुर, क्वारेन्टिन व्यवस्थापनमा जुटेका कञ्चनपुरका एक वडा अध्यक्षको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष कल्लु रानाको मंगलवार राति मृत्यु भएको हो।
सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टिन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडाध्यक्ष राना एक्कासी बेहोस भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ ।