कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८
प्रकासित मिति : २०७७ जेष्ठ १४, बुधबार १८:४१
प्रकासित समय : १८:४१
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे ।
कर्णालीमा यस अघि २३ जनामा संक्रमण पुष्टी भएकाे थियाे। १५ जनामा कोरोना सङ्क्रमण पुष्टिसंगै कर्णालीमा जम्मा संक्रमितकाे संख्या ३८ पुगेकाे छ।
सुर्खेत प्रयोगशालाबाट बुधबार पोजेटिभ देखिएका १५ जना मध्ये वीरेन्द्रनगर–४ का ६ जना, ३ का १ जना, ५ का १ जना,९ का १ जना, ११ का १ जना, चौकुने गाउँपालिका का–३ जना, ठेगाना नखुलेका १ जना र बझाङ का १ जना रहेका छन् ।