बाँकेमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७०

नेपालगन्ज, बाँके जिल्लामा १६ जनामा कोरोना संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १७० पुगेको छ । जिल्लामा बुधबार  मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । बुधबार बाँकेका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज बाँकेका बैजनाथ गाउँपालिकामा ६, राप्तीसोनारी सात, डडुवामा दुई र खजुरामा एक जनामा सङ्क्रमण देखिएको हो ।  सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् ।  

जिल्लामा नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको फोकल पर्सन श्रेष्ठले बताए ।