दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही उपमहानगरपालिका वडा नं। १० का ३ जना, घोराही १८ का ४ जना रहेका छन् ।
त्यस्तै लमही नगरपालिका वडा नं। १ का १ जना, २ का २ जना, लमही – ४ का १ जना, लमही–५ का तीन जना र लमही–६ का एक जना रहेका छन् ।
उनका अनुसार घोराही उपमहाननगरपालिका– १० का २४, ४०, ४० वर्षीय पुरुष, वडा नं। १८ का २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन् ।
त्यस्तै लमही नगरपालिका वडा नं। १ का २६ वर्षीय , वडा नम्बर २ का १७, ३० वर्षीय, वडा नं। ४ का २६ वर्षीय पुरुष, वडा नं। ५ का २० बर्षीय एक महिला, २० बर्षकै एक पुरुष र २३ बर्षीय पुरुष रहेका छन् ।
वडा नं। ६ का १८ वर्षीय पुरुष रहेका छन् । एक महिलासहित सबै १७ वर्षदेखि ३० वर्ष उमेरका रहेको डा। देवकोटाले जानकारी दिए । यो संगै दाङमा संक्रमितको संख्या १८ पुगेको छ । यस अघि गढवाका २ जना र घोराहीका १ जना संक्रमित भेटिएका थिए ।