उकाली ओराली गर्दै आफ्नै गाउँ फर्कि आँए

कालिकाेट, कालिकाेटका बिभिन्न स्थानीय तहले भारतमा अलपत्र परेका नागरिकहरूकाे उद्भार गरेका छन । पचालझरना गाउँपालिका, पलाँता गाउँपालिका लगायतका निकायले उद्भार गरेका हुन ।  

सरकारको बिशेष पहलमा उनिहरुलाइ  भित्रिएका हुन । 

एक साता यता भारतका विभिन्न शहरबाट दिनहुँ ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन् । बिशेष गरि कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट लगायतका जिल्लामा भित्रिने क्रम जारी छ । स्वदेश फर्कनका लागि नेपालगन्जको जमुनाह नाका, कैलालीको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दिनुहँ हजारौँको संख्यामा फर्किरहेका छन । सोमबारसम्म भारतबाट सुदूरपश्चिमका विभिन्न नाका हुँदै २५ हजार १ सय ३८ जना नेपाल भित्रिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका नेपालीहरुलाई स्वास्थ्य परीक्षण नै नगरी सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाउने गरिएपछि सुदूरपश्चिम प्रदेशमा ९कोभिड–१९० को जोखिम ह्वात्तै बढेको छ ।