दाङकाे गढवामा दुई जनामा आरडीटी रिपोर्ट पोजेटिभ

भालुवाङ, दाङ-देउखुरीको गढवामा २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ । गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको लक्ष्मी सामुदायिक वन उपभाेक्ता समूहकाे क्वारेन्टाइनमा बसेका सोही वडाका २३ वर्षीया महिला र ३१ वर्षीय पुरुषमा र्यापिट टेस्ट गर्दा पोजेटिभ देखिएको गढवा गाउँपालिकाका स्वास्थ संयाेजक कैलाश चाैधरीले जानकारी दिए ।

उनीहरुको र्यापिट टेष्ट पोजेटिभ आएपछी पिसिआर गर्ने तयारी भईरहेकाे संयाेजक चाैधरीले भने । उनीहरु केही दिन अघि कपिलवस्तुको चन्द्रौटा स्थित जनता ईट्टाभट्ठाबाट काम गरेर गाउँ फर्किएका थिए ।

गाउँपालिकाले ती दुई जना सहित एक्काईस जनालाई गढवा गाउँपालिका वडा नम्बर १ स्थित जेठान गाउँको लक्ष्मी सामुदायिक वन उपभाेक्ता समूहकाे क्वारेन्टाइनमा राखेको थियो ।