व्यक्तिको जग्गामा ठेक्दारको रजाई

देउखुरी , तस्बिरमा देखिने नदिजन्य पदार्थ डम्पिङ्ग गरेको जग्गा अजय न्यौपानेको हो । दाङ-देउखुरीकाे लमही नगरपालिका वडा नम्बर ३ टिकलीगढ निवासी न्यौपानेको निजी आवादी जग्गामा नदिजन्य पदार्थ डम्पिङ्ग गरिएको छ ।

वडा नम्बर २ श्रीगाउँमा पर्ने २१ कठ्ठा क्षेत्रफल रहेको उक्त जग्गामा जग्गाधनीलाई थाहा नै नदिई नदिजन्य पदार्थ डम्पिङ्ग गरिएको जग्गाधनी न्याैपाने जानकारी दिए ।

जग्गाधनीले उक्त बाँझो जमिनमा अब धान लगाउने योजना बनाएका थिए । तर ठेकेदारले बद्मासी गरेर आफूलाई जानकारी नै नदिई नदिजन्य पदार्थ डम्पिङ्ग गरि दिएपछि धान लगाउने योजना पनि चौपट भएको जग्गाधनी न्यौपानेले गुनासो गरे ।

“डम्पिङ्ग कसले र किन गर्यो भन्ने थाहा छैन, तपाईले भनेर नै जानकारी पाए न्यौपानेले भने-साँच्चिकै जग्गा हेर्न जाँदा डम्पिङ्ग गरिएको रहेछ, डम्पिङ्ग भन्दा पहिले मलाई कुनै जानकारी भएन ।”

ठेकेदारले कति सम्म बद्मासी र मनोमानी गर्छन भन्ने कुरा यही कार्यबाट पनि स्पष्ट भयो, आज आफैलाई पर्दा थाहा भयो उनले भने । न्यौपानेले शंकास्पद व्यक्तिहरू सँग बुझ्दा आफ्नो नभएको जानकारी दिएका थिए भने अहिले सम्म उक्त नदिजन्य पदार्थ कसको हो भन्ने कुराको एक्किन हुन नसकेको उनको भनाई छ ।