गढवा गाउँपालिकाकाे क्वारेन्टाइनमा दिनहु चाप बढ्दै
देउखुरी, दाङ-देउखुरीकाे गढवा गाउँपालिकाका विभिन्न वडाहरुमा विदेश लगायत देशका विभिन्न ठाउँबाट नागरिकहरु भित्रिन थालेपछि क्वारेण्टाइनमा चाप बढ्न थालेकाे छ । याे संगै गढवा गाउँपालिका द्वारा सञ्चालनमा रहेका पाँच वटा क्वारेन्टाइनमा भर्ना हुनेकाे कुल संख्या ३ सय १७ पुगेकाे गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिए ।
जसअनुसार जनता उच्च मावि कालाकाटेमा २० जना, लक्ष्मी सामुदायिक वन उपभाेक्ता समूहकाे भवन जेठानगाउँमा २१ जना, सरस्वती उच्च मावि गाेबरडिहामा ४६ जना, निमावि पर्सेनीमा ६८, खजराैता प्राविमा ७६, निमावि चन्दनपुरमा ४५ जना, मावि चैनपुरमा १४ जना र जनता उच्च मावि गढवामा ४७ जना गरी जम्मा १ सय ९७ जना रहेकाे स्वास्थ्य संयोजक चौधरीले जानकारी दिए ।
यसैबीच गढवा गाउँपालिकामा नागरिकहरु भित्रिने जारी रहेकाे छ । कामकाे शिलशिलामा देशका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत घर फर्किनेहरूकाे संख्या हाेत्तै बढ्न थालेकाे प्रवक्ता अधिकारीले जानकारी दिए । उनका अनुसार स्वदेशका विभन्न जिल्ला, भारतकाे दिल्ली, पन्जाब, बेङ्यालाेर, चन्डीगढ, लखनाैउ र बम्बई लगायतका शहरबाट घर फर्किने गरेकाे प्रबक्ता अधिकारी बताए ।
क्वारेन्टाइन कति जनाकाे संख्या बनाउने भन्दा पनि बाहिरी जिल्ला, छिमेकी मुलुक भारतबाट फर्किने मान्छेहरूकाे संख्याकाे अधारमा बढाउँदै लैजाने प्रवक्ता अधिकारी बताए । क्वारेन्टाइनमा भर्ना भएकाहरूलाई गाउँपालिकाले दिनकाे दुई टाइम खाना, दुई टाइम चिया नास्ताकाे व्यवस्था गरेकाे छ ।
त्यस्तै क्वारेन्टाइनमा खानेपानी, नुहाई धुवाईका लागि प्रशस्त पानीकाे व्यवस्था, बिजुली बत्ती, पंङ्खा र झुलकाे समेत प्रर्याप्त मात्रमा व्यवस्था गरिएकाे प्रवक्ता अधिकारीले जानकारी दिए । क्वारेन्टाइनमा प्रहरी आवश्यक सुरक्षा गरिरहेकाे छ भने स्वास्थ्यकर्मीहरूले क्वारेन्टाइनमा भर्ना भएकाहरूकाे आवश्यक निगरानी गर्नुका साथै सहयाेग गरिरहेकाे प्रबक्ता अधिकारीले बताए ।