अछामको पञ्चदेवल बिनायकमा १ जनामा आरडिटि रिपोर्ट पोजेटिभ

अछाम, पंञ्चदेवल विनायक नगरपालिका ले निर्माण गरेको क्वारेन्टाइनमा रहेका एक युवामा आरडिटि परिक्षण गर्दा पोजेटिभ देखिएको छ । क्वारेन्टाइनमा वसेका २४ वर्षिय युवामा लगतारको २ पटकको परिक्षण पश्चात् पोजेटिभ देखिएको हो ।

उनिसगै जम्मा ९ जना वसिरहेका छन । २ जनामा परिक्षण गर्दा एक जनामा पोजेटिभ र अर्को जनामा नेगेटिभ देखिएको हो ।परिक्षण सामाग्रिको अभावमा अरु सात जना को परिक्षण गरेन नसकिएको नगरपालिका निमित्त कार्यकारि प्रमुख पदम माझिले वताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय मार्फत सो क्वारेन्टाइन स्थल लाई सिल गर्ने तयारि भैरहेको वताईएको छ ।

उहाका अनुसार आजको कार्यपालिका वैठक मार्फत जनप्रतिनिधि लाई जिम्मेवारी वाडफाड गरिने वताईएको छ ।नगरसरकार को वेवास्ता का कारण थप संकट आउन सक्ने खतरा वढेको छ ।