जाजरकोटले गुमायो दुई दिनमा दुई समाज परिवर्तनका अथक योद्धा

जाजरकोट,  पछिल्लाे २ दिनकाे अन्तरालमा जाजरकोटका दुई जना होनाहार सामाजिक योद्धाहरुकाे निधन भएकाे छ  । नलगाड नगरपालिकाकै सबिता सिंह र संसारसेन पृथककको निधन भएको हो । सबिता सिंहकाे भारतमा उपचारका क्रममा साेमबार निधन भएकाे हाे भने संसारसेन पृथककाे बैदेशिक राेजगारिकाे शिलशिलामा मलेशियाकाे क्वालालामपुरमा मंगलबार बिहान निधन भएकाे हाे । 

सबिता सिंह र संसारसेन पृथक लामो समय सामाज परिर्बतनको आन्दोलनमा समाहित भएका अथक याैद्भा  हुन । उनिहरु दश बर्षे जनयुद्धमा लामो समय त्याग गरेर निरन्तर सामाज परिबर्तनको पक्षमा उभिदै आएका थिए । 

संसार जित्ने अभियानमा थिए संसारसेन

जाजरकोटको नलगाड नगरपालिका लंह गराग्लीका  बिर बहादुर नेपाली ९संसारसेन पृथक नामले परिचित थिए । उनि निरन्तर बिभिन्न बिषयमा कलम चलाउदै आएका थिए । दश बर्षे जनयुद्भमा लामबद्भ भएका संसार जनमुक्ति सेनाका बटालियन कमान्डर थिए । 

कविता संग्रह लागयतका पुस्तकहरू प्रकाशन गरिसकेका संसार संसार जित्ने अभियानमा प्रतिबद्भ थिए । जनयुद्भकालमै सुर्खेत पश्चिम बिद्यापुरकी प्रतिज्ञा चौलागाइसंग अन्तरजातिय बिहे गरेर सामाज रूपमान्तरणको शुभारम्भ गरेका थिए ।

उनि केहि समययता बैदेशिक रोजगारीमा मलेशियाको क्वालालाम्पुरमा रहदै आएका थिए ।  देशको समकालिन राजनितिका बिषयमा खरो कलम चलाउने पृथकले पृथक पहिचना निमार्ण गरेका थिए ।   

को हुन  सविता सिंह

सबिता सिंह पनि जाजरकोट नलगाड नगरपालिकाका ऐरारीकी कि हुन । कलिलै उमेरमा जनयुद्भमा होमिएकी सबिता जाजरकोटी अगुवा महिला नेतृ हुन ।

 दैलेखका रामलाल बिश्वकर्मासंग अन्तरजातिय बिहे गरेर सामाजिक युद्धको सुरुवात गरेकी उनि सामाज परिबर्तनको यात्रामा प्रतिबद्भ थिइन ।