यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो
प्रकासित मिति : २०७७ जेष्ठ १३, मंगलवार ०९:१७
प्रकासित समय : ०९:१७
आमा आज छोरो भै जन्मिनुमा पछुताउनु पर्यो ।
यी हातबाट बा को चितामा आगो लगाउनु पर्यो ।
झल्को मेटाउने त्यहीँ तस्बिरहरु थिए निष्ठुरीका,
त्यहीँ तस्बिर फिर्ता मागिन फर्ता उठाउनु पर्यो ।
हिजो उसको छाती माथि पनि छट्पटी हुन्थ्यो,
आज छातीमा तस्बिर राखेर छट्पटाउनु पर्यो ।
हरेक मान्छेहरु परिस्थितिको दासी बन्दारैछन् ,
मैले निस्तो लागि हजुरसङ्ग शिर झुकाउनु पर्यो ।
छिमेकी पटक-पटक सिमामा हर्कत गरिरहन्छ ,
निकाल्नोस बा दापको खुकुरी उदयाउनु पर्यो ।
सल्यान