प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रकासित मिति : २०७७ जेष्ठ १३, मंगलवार १३:१८
प्रकासित समय : १३:१८
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बोलाइएको बैठकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोकथाम र नियन्त्रण तथा संविधान संशोधनबारे छलफल गरिने बताइएको छ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखलाई बोलाइएको बताइएको छ।