जाजरकोट घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन
प्रकासित मिति : २०७७ जेष्ठ १३, मंगलवार १३:४७
प्रकासित समय : १३:४७
काठमाडौं, जाजरकोट घटनाको छानविन गर्न गृह मन्त्रालयले सह–सचिवको नेतृत्वमा ५ सदस्यीय छानिबिन समिति गठन गरेको छ ।
राष्ट्रिय सभामा गृहमन्त्री रामबहादुर थापाले राय सहितको प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताएका हुन ।
समितिको संयोजकको जिम्मेवारी गृहका सह–सचिव जितेन्द्र बस्नेतलाई दिने तयारी भएको छ । समितिमा प्रहरी प्रतिनिधी लगायत अन्य सदस्य रहनेछन् । रुकुम पश्चिम चौरजहारी–८ मा वीरबहादुर मल्लकी छोरी भगाउन जाँदा केटी पक्षले लखेट्ने क्रममा मृत्यु नवराज विक मृत्यु भएको थियो ।