अछाममा हावाहुरीले गर्दा कृषि फर्ममा लाखौँको क्षति

अछाम, आईतवार साझ आएको हावाहुरि असिना सहितको वर्षाले पंञ्चदेवल विनायक नगरपालिका २ मा रहेको कञ्चन निसा कृषि तथा पशुपन्छि फर्ममा ठुलो क्षति पुर्याएको छ ।

हावाहुरि सहितको वर्षाले टमाटर ,फर्सी ,लौका,भिडे खुर्सानी भान्टा ,खुर्सानी, काक्रा मकै लगायतका वालिहरु नष्ट गरेको छ । ४ वटा पलाष्टिक घरमा समेत असर गरेको फर्मका संञ्चालक तपेन्द्र नेपालीले बताए ।

उनका अनुसार करिव तीन लाख पचासहजार वरावरको क्षति भएको बताइएको छ । युवाहरुले सृजनशिल र व्यावसायिक कार्य गर्दा समेत स्थानिय सरकारले प्रोत्साहन गर्नुको साटो वेवास्ता गरेको सो फर्मका संञ्चालक नेपालिको गुनासो रहेको छ।