बृद्ध चौधरी दम्पतिका लागि जिउँदो भगवान् बनिन् सोनाली

३ वटी छोरीलाई हेरचाह गर्दै उनीहरुको जीवन संघर्षमय बन्यो । संघर्षका कयाैँ बसन्त कहाली लाग्दा बने । राप्ति नदि जस्तै बगिरहेकाे उनिहरूकाे संघर्षकाे कथा राप्तिले बाेेकेकाे र निचाेरेकाे बालुवा जस्तै बन्याे । सम्पतिका नाममा ३ वटी छोरी थिइन ।  बिस्तारै छोरीहरु हुर्कदै गए, यि दम्पतीको उमेर पनि ढल्कदै गयो । छोरीहरुको बिवाहको समय नजिकियो, उमेर पुगेपछी ३ वटै छोरीको कन्यादान पनि भयो ।

हुर्के बढेकि छाेरीलाइ घरमा बसिराख भन्न सक्ने अबस्था पनि थिएन । छाेरीहरू बिहे गरेर घरजम तिर लागे ।  त्यस पश्चात् सुरू भयाे यी दम्पतीहरुकाे अर्काे अध्याय ,एकातिर गरिबि अर्काेतिर ढल्किदै गरेकाे उमेर समयले थुपारकाे पिडामाथि दुइ बृद्भ बृद्भा बस्नुकाे  बिकल्प रहेन ।  एक्लै बस्दै आए ।

 प्रसंग हो दाङ देउखुरीको लमही नगरपालिका १ नर्ति निवासी एक बृद्ध दम्पतिको कहालि लाग्दो पिडाकाे कथा  ।

चौधरी दम्पतिको पुरानो घर

नर्ति निवासी बृद्ध दम्पति धनिराम चौधरी र दशनी चौधरीको अवस्था तपाइ झुक्किएर त्यहि बाटाे हिडनु भयाे भने एकछिन भक्कानिनु हुन्छ ।  निकै दयनिय पिडादायक छ  अबस्थामा छन दुइ दम्पति । त्यसैपनि गरिबीले थिचोमिचो पारेको । उमेरले पनि ६५ बर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन् न घर बनाउन नै । सानाे सानाे खरले छाएकाे बुकुराे  न पानी छेक्छ न घाम न हुरी त्यसैमा जिन्दगि बित्न थालेकाे बर्षाैँ भएछ । 

सोनाली पुनमगरले बनाइदिएको चौधरी निवास

 भत्किनै लागेको घर सिटाको बार माटोले लिपेको, उत्तर पट्टिको भित्ता त झन ढलिसकेको अबस्थामा  । पानी पर्दा त्यही खुल्ला ठाउँ हुँदै पानी बगेर घरभित्रै पानी पानी हुन्छ । दम्पति दुखेशाे गर्छन  कति रात त उनीहरुले आँखा नचिम्लेरै रात गुजारे । आँखा चिम्लिउन पनि कसरी ?  हावा हुरीको बेगसँगै आउने पानीले घर ढलेर आफ्नै ज्यान निल्ने पो हो की भन्ने चिन्ता पनि त छ । 

उमेर भए त काम गरेरै भएपनि अर्को घर बनाउने साहस राखिन्थ्याे उनिहरू भन्छन जिवनभर छाेरि लालनपालनमा पाखुरीकाे रस सकियाे अब हड्डि बाहेक शरिरमा अरू छैन  । र पनि उनिहरु लठ्ठीको सहारामा हिडंडुल गर्छन् । कहिलेकाँहि कमसेकम छोराहरु भएको भएपनि यी दम्पतीलाई बुढेसकामा यति कष्ट ब्यहोर्नु पर्थेन होला !  तर त्यो आस पनि रहेन । उनीहरुका छोरा नभएका पनि होईनन् । बिडम्बना ३ वटा छोराहरुको बाल्यकाल मै अकालमा मृत्यु भएको थियो ।

सबै छोरीको बिवाह भएपनि कान्छी छोरीले बेला बेलामा बाबा आमाको हेरचाह गर्थिन् । उनीहरुलाई पुग्ने राशन पानी आफ्नै घरबाट लिएर दिने गर्थिन । त्याे पनि घरकाे समास्याले दिगाे रहन सकेन । 

जब सोनाली बृद्भ दम्पतिको घरमा पुगिन्

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण देश पुरै लकडाउन भइरहेको समयमा काठमाडौंबाट गृह जिल्ला दाङको लमही आएकि सोनाली पुनमगरलाई बेसाहारा, दिनदुखीहरूलाई जब राहत दिने इच्छा जाग्यो ।

त्यसपछि सोनाली लमही नगरपालिका अन्तर्गतका सम्पूर्ण वडामा राहत बितरण गर्ने अभियान चलाइन् । सोही अभियान कै क्रममा सोनाली जब वडा नम्बर १ नर्ति पुगेकी थिईन । त्यहाँ पुग्दा ती दम्पतीको दयनीय अबस्था देखेर उनले आफ्नो मनलाई थाम्न सकिनन् ।

अन्तत घरै बनाईदिने निष्कर्शमा पुगिन् । उनी भन्छिन उहाँहरुको अबस्था देखेर जो कोहीको पनि मन त रुन्छ नै । “आफ्नो मनलाई थाम्न नसकेर नै यो निर्णय लिए, उनले भनिन् । तिनै बृद्ध दम्पतीका लागि लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुनमगर एक असल छोरीको रुपमा स्थापित भईन ।

समाजसेवी सोनालीले आफ्नो व्यक्तिगत १ लाख र लमही नगरपालिका वार्ड नम्बर १ को कार्यालयबाट २० हजार गरी कुल १ लाख २० हजारको लगानीमा २ कोठे पक्की घरको निर्माण कार्य पूरा गरी ती बृद्ध दम्पतिलाई आज सोमबार एक कार्यक्रमका बीच नयाँ घर प्रबेश समेत गराइएको छ ।

आज यो पक्की घर तयार गरेर ती बृद्ध दम्पतिलाई घर प्रबेश गराउन मौका पाए, सोनालीले भनिन् । नयाँ घरमा प्रबेश गराएरपछि सोनालीले आज ती बृद्ध दम्पतिसँगै बसेर एकछाक खाना समेत खाइन् ।”

सोनाली छाेरी मात्रै हैनन् भगवान हुन : चाैधरी दम्पति

चाैधरी  दम्पतीका लागि छाेरी मात्रै नभएर भगवान सावित भएकी छन साेनाली पुन मगर  उनिहरू भन्छन् सोनाली जस्ता सन्तानलाई जो कोही बाबा आमाले जन्मदिन सक्दैन । साेनाली याे निर्दयी सामाजका बिचमा  भगवान हुन बृद्भ दम्पतिकाे भनाइ छ ।  उनि कुनै धनाढ्य की छोरी पनि होईनन् तर उनमा एक विशाल हृदय  छ ।  त्यहि हृदयले हाम्रा लागि भगवान बनाएकाे छ । 

त्यसैले त हामी जस्ता बृद्धका लागि बस्ने पक्की घर बनाइदिनु भयो ती बृद्ध दम्पतिले भने । सोनाली कुनै कुनै समयमा मेरै छोरी थिइन् जस्तो लाग्छ ती दम्पतिले भने ।

घर बनाइदिएपछि सोनाली पुन मगरलाई वडाले गरेको सम्मान

सोनाली केहीबर्ष यता काठमाडौंमा बसेर मानवशास्त्रबाट स्तानकोत्तर अध्ययन गरिरहेकी छिन् भने उनी पूर्व स्वास्थ्यकर्मी पनि हुन् ।