तुलसीपुरका एक जना कोरोना संक्रमित डिस्चार्ज
प्रकासित मिति : २०७७ जेष्ठ १२, सोमबार १७:५१
प्रकासित समय : १७:५१
दाङ ,काठमाडौंमा दाङका एक जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ वर्षीय पुरुष डिस्चार्ज भएका हुन्। उनी बहिनी–ज्वाईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण देखिएको ९ दिनपछि उनी निको भएका तुलसीपुर उपमहानगर कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनलाई जेठ २ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनलाई घरसम्म ल्याउने तयारी भइरहेको फोकल पर्सन केसीले जानकारी दिए ।
यसैबीच उनी डिस्चार्ज भएपछि तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले बधाई दिदै उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरुलाई धन्यवाद समेत दिएका छन् । ‘तुलसीपुर-४ निवासी काठमाडौंमा कोरोनालाई परास्त गरी स्वस्थ हुनु भएकोमा हार्दिक बधाई र उपचारमा समलग्न स्वास्थ्यकर्मीहरुलाई धन्यवाद!’, मेयरले भनेका छन् ।