स्काभेटर आगजनी गरेकाे आराेपमा दुई जना पक्राउ
प्रकासित मिति : २०७७ जेष्ठ १२, सोमबार १७:४९
प्रकासित समय : १७:४९
दाङ , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ माथिल्लो हलवार स्थित ग्वारखोलामा आईतबार बिहान जेसीवीमा आगजनी गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।
प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर ४ बस्ने ४७ बर्षीय लोकमणी आचार्य र वडा नं. १९ निवासी ३९ बर्षीय कृष्ण थापालाई पक्राउ गरिएको हो ।
ग्वारखोलामा पार्किङ गरी राखीएको अनटेष्ट जेसीवीमा आगजनी हुँदा जेसीवी जलेर काम नलाग्ने भएको छ । तुलसीपुर ४ रक्षाचौर कृष्ण बहादुर खड्काको जेसीवी माथी आगजनी गरिएको थियो ।