क्वारेन्टाईनमै योगा अभ्यास
देउखुरी, दाङ-देउखुरीकाे लमही स्थित क्वारेन्टाईनमा बसेकाहरुलाई योगा अभ्यास गराउन थालिएको छ । पतन्जली योग लमहि नगर समितिले क्वारेन्टाईनमा बसेकाहरुलाई आज देखी योग अभ्यास गराउन थालेको हो ।
लमही नगरपालिका ८ स्थित राप्ती माद्यामिक विद्यालय उच्चानिम्बुमा बनाईएको क्वारेन्टाईनमा बसेका २८ जना युवाहरुलाई योगाअभ्यास गराउन थालिएको हो ।
योग प्रशिक्षण एवं पतञ्जली योग समिति दाङका उपाध्यक्ष सहाना श्रेष्ठ र नगर समितिका सीमा डाँगीले ती युवाहरुलाई प्रशिक्षण दिएकी छिन् । मजदुरी गरेर भारतबाट आएका युवाहरुलाई कोरोनाबाट बच्न लमही नगरले बनाएको क्वारेन्टाईनमा राखिएको छ ।
बिहान उनीहरुलाई नियमित योग अभ्यास गराउदै रोग सँग लड्ने क्षमताको बृद्धी गर्ने उदेश्य रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ । भौतिक दुरी कायम गरी युवाहरुलाई योग अभ्यास सिकाउन सुरु गरिएको र उनीहरु पनि उत्साहित भएर सहभागी भएको श्रेष्ठले बताईन ।