नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ १२, सोमबार १२:५७
प्रकासित समय : १२:५७
वीरगञ्ज, वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका बारा कलैयाका एक बृद्धको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । उनको स्वाब काठमाडौंमा परिक्षण गरिएको थियो ।
ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन् । यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।