थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ८२ पुग्यो
काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतलामा गरिएको परीक्षणमा १ जना भेरी अस्पतलमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।
नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १ सय ११ पुगेको छ । पछिल्लो विवरणअनुसार पर्साका १८ जना, पाटनबाट ५ जना र टेकुबाट १ जना गरी २४ जना डिस्चार्ज भएका छन् । जनसंख्या मन्त्रालयको सोमबार दिउसोसम्म विवरणअनुसार पिसिआर विधिबाट गरिएको नमुनाको संख्या ५१ हजार ६ सय ४१ पुगेको छ । त्यसैगरी, आरडीटी विधि ९५ हजार १ सय ९२ जनाको परीक्षण गरिएको छ ।
२४ घण्टाको अवधिमा २ हजार ९ सय ४ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ५ हजार १ सय ६६ जनाको परीक्षण गरिएको छ । हालसम्म ४६ हजार ३९ जना क्वारेन्टाइनमा रहेका छन् ।