क्वारेन्टिन सुरक्षामा खटिरहेका दुई प्रहरीमा कोरोना
प्रकासित मिति : २०७७ जेष्ठ १२, सोमबार १५:४१
प्रकासित समय : १५:४१
जनकपुरधाम, धनुषाको एक क्वारेन्टिनमा खटिरहेका दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टाइनमा खटिएका दुई जना प्रहरीमा संक्रमण देखिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार धनुषाका तीन जना संक्रमित देखिएको जनाएको छ । यसमध्ये दुई जना प्रहरी नै छन् । दुबै प्रहरी क्वारेन्टाइनमा खटिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।
उनीहरु ४५ वर्षका र ३१ वर्षका रहेका छन् । उनीहरुलाई प्रादेशिक अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिंहले बताएका छन् ।