यि हुन कोरोनासँग लड्न प्रधानमन्त्री ओलीका ५ टिप्स
प्रकासित मिति : २०७७ जेष्ठ १२, सोमबार १८:२७
प्रकासित समय : १८:२७
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्।
प्रधानमन्त्रीका ५ टिप्स
१) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं।
२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं। शारीरिक र श्वास प्रश्वासकाे चुस्तताका लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ।
३) भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुवैको सरसफाइमा एकदमै ध्यान दिऊँ।
४) स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ।
५) उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधिका विरुद्धको लडाइँमा कमजोर तुल्याउँछ।