कोपिला भ्यालि सेवा समाजले गर्यो अलपत्र नागरीकलाई खाना नास्ताको ब्यवस्था

बिरेन्द्रनगर, मुख्यमन्त्रीको कार्यालयको आग्रहमा कोपिला भ्यालि सेवा समाज द्वारा झन्डै १६०० नागरिकलाइ खाना र नास्ता ब्यबस्थापन गरियको छ। विश्वव्यापी रुपमा तिब्रगतिमा फैलिरहेको कोरोना भाइरसक (कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न देश लकडाउनमा रहेको अवस्थामा भारतबाट फर्किएका नागरिकहरुलाई कोपिला भ्याली सेवा समाजले विभिन्न ठाँउमा खाजा नास्ताको ब्यवस्था गरेको हो ।

करिब १६ सय जनालाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आग्रहमा कोपिला भ्याली सेवा समाजले  खाना र खाजाको ब्यबस्थापन गरिएको सेवा सामाजका अध्यक्ष टोप बहादुर मल्ले जानकारी दिए ।

मल्लका अनुसार भारतबाट भित्रिएका अलपत्र परेका नागरीकहरुलाई छिन्चु र सुर्खेतमा खाना र खाजाको ब्यबस्थापन गरिएको छ ।