बैंकमा आगलागी हुँदा २० लाखको क्षति

 देउखुरी , दाङको माछापुच्छ्रे बैँक लमही शाखामा आगलागी भएको छ । लागलागी हुँदा अनुमानित २० लाख रुपैयाँ क्षति भएको छ । ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा सिस्टम नै जलेको बैँकका शाखा प्रमुख मधुसुदन श्रेष्ठले बताए । “दिउँसोको समयमा त केही बचाउन सकिन्थ्यो, राती भएर समस्या भयो शाखा प्रमुख श्रेष्ठले भने(जसले गर्दा ठूलो क्षति ब्यहोर्नु पर्यो ।”

आईतबार बिहान करिब ३ बजे बैँकमा एक्कासी आगलागी भएको थियो । बैँकमा सेक्युरीटी भएपनि अर्को कोठामा सुत्ने भएकाले उनिहरुले बिहान मात्र थाहा पाएका थिए । जसले गर्दापनि शाखाले ठूलो क्षति ब्यहोर्नु परेको छ ।

आगलागीबाट मानबिय क्षति नभएको र पैशा सुरक्षित रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । आगलागी बाट बिद्युत, ब्याट्री, बैँक सिस्टम, ढोका र झ्यालका सिसा, एसीमा पूर्ण रुपले क्षति पुगेको छ ।