स्थानीयको अवरोधपछि लमहीमा क्वारेन्टाइन राख्न सकस

देउखुरी, दाङको लमहीमा स्थानीबासीको ब्यापक बिरोध हुन थालेपछि लमही नगरपालिकाले क्वारेन्टाइमा राख्न सकस भएको छ । नगरपालिकामा क्वारेनटाईम राख्ने विषयमा हुँदै आएको विवाद अहिले पनि कायमै छ । लमही नगरपालिकाले लकडाउन शुरु भईसकेपछि कार्यपालिकाबाट देउखुरी बहुमुखी क्याम्पस र बनगाउँ माध्यामिक बिद्यालयमा क्वारेनटाईन बनाउने निर्णय गरेको थियो ।

त्यति बेला पनि बनगाउँका स्थानीयले हातमा लाठीभाटा बोकेर बिरोध गर्न थालेपछि नगरपालिकाले लमहीको रातो डाँडामा रहेको नेत्रलाल अभागी स्मृती प्रतिष्ठानको भवनलाई क्वारेनटाईनका रुपमा प्रयोग गर्दै आएको छ । यस अघि तोकेको आदर्श मावि देउपुर, देउखुरी बहुमुखी क्याम्पस राँतो डाँडा लमही र जनता मावि बनगाउँमा क्वारेन्टाइन बनाउने विषयमा त्यहाँका स्थानीयले विरोध जनाई रहेका छन् ।

स्थानीयबासीको गलत बुझाईका कारण क्वारेन्टाइन स्थापनामा सकस भएको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिएका छन् । स्थानीयले महामारीका बेला आफ्नो घरछेउमा क्वारेन्टाइन राख्न नदिने अडान राखेको नगर प्रमुख केसीले जानकारी दिएका छन् ।

हाल भारत र जिल्ला बाहिरबाट आउने नेपालीलाई अहिले नेत्रलाल अभागी स्मृती प्रतिष्ठानको भवनमा राखिदै आएको छ । बाहिरबाट नगरपालिकामा भित्रीनेहरुको संख्या बढ्दै गएपछी उनीहरुलाई ब्यवस्थापन गर्न कठिन बनेको छ । मुस्किलले हाल चालू अवस्थामा रहेको प्रतिष्ठानको भवनमा तीस जना अट्न सक्ने क्षमता छ ।

शुक्रबार बसेको कार्यपालिका वैठकले सुबिधा र उपयुक्तका आधारमा नौ वटै वडाका सामुदायिक बिद्यालयलाई क्वारेन्टाइन बनाईने सहमती भएको भए पनि स्थानीयको निरन्तर विरोधका कारण समस्या उत्पन्न भएको नगर प्रमुख केसीले जानकारी दिए ।