अब लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण हुने
प्रकासित मिति : २०७७ जेष्ठ ११, आईतवार १६:५२
प्रकासित समय : १६:५२
भालुवाङ, दाङको लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७र०७८ कालागि प्रदेश नं। ५ को नीति तथा कार्यक्रम शनिबार सार्बजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले स्वदेशमा उत्पादित विद्युत खपत बढाउने उद्देश्यले पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासीको बर्दघाट, दाङको लमही र बाँकेको कोहलपुरमा सवारी चार्जिङ्ग तथा फ्युलिङ स्टेशन निर्माण गरी संचालन गरिने बताए ।
यस्तै लमहीमै आधुनिक ट्रमा सेन्टर स्थापना हुने भएको छ । प्र्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७र०७८ कालागि प्रदेश नं। ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दैे यस्तो बताए ।

