देउखुरीका झण्डै तीन सय गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने

भालुवाङ , भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले दाङ देउखुरीका २ सय ७७ जना गरिमा धान पीडित किसानलाई १५ लाख ८८ हजार रुपैया बिनियोजन गरेको छ । मन्त्रालयले बजेट विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र समेत गरेको छ । केहि दिन भित्रमा ती किसानको हात सम्म क्षतिपूर्ति रकम पुग्ने लमही नगरपालिका कृषि शाखा प्रमुख अमर चौधरीले बताएका छन् ।

लमही नगरपालिका वडा नं। ३ स्थित सनराईज एग्रीकल्चर प्रालिले देउखुरी क्षेत्रका दुई वटा एग्रोभेट सेन्टरलाई गरिमा धान भनेर बिक्रि गरेको थियो । उत्पादन राम्रो हुने र नेपालको हावापानी यो जातको धानलाई सुहाउने भन्ने जानकारी पाएपछि लमही नगरपालिकाका दुई सय चौहत्तर जना किसानले यो धानको बिउ खरिद गरेका थिए ।

२ सय ७४ जना किसानले बाह्र सय सात किलो बिउ प्रयोग गरेका थिए । नक्कली गरिमा धानको बिउ लगाएका चार जना किसान लमही नगरपालिकाको कृषि कार्यालयमा सम्पर्कमा आउँन ढिला भएकोले सम्बन्धित मन्त्रालयमा बिवरण पठाउन छुटेको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिए । छुटेका चार जनालाई पनि लमही नगरपालिकाको आर्थिक बिकास शाखाको वैठकले सबैलाई समाबेश गराएर दिने भन्ने निर्णय भएको छ । गरिमा धान लगाउने किसानलाई प्रतिकिलो १३ सय १५ रुपैयाँ पैसट्ठी पैसा क्षतिपूर्ति पाउनेछन ।

पिडितक लागि पठाएको रकमलाई पिडित बस्ने वडामा वडा कार्यालय मार्फत बाडिने भएको छ । क्षतिपूर्ति नपाएको भन्दै किसानले एक एग्रीकल्चर प्रालिमा तालाबन्दी गरेका छन् । लमही नगरपालिका वडा नम्बर ३ स्थित टिकुलीगढमा संचालित सनराईज एग्रीकल्चर प्रालिमा किसानले शुक्रवार ताला लगाएका हुन ।

उक्त प्रालिले नक्कली गरिमा धानको बिउ बिक्रि गरेर किसानलाई ठगेको आरोप लागेको छ । प्रालिले किसानलाई ठगेको भन्दै संचालन अनुमति खारेज भएको छ । अहिले सोहि भवनलाई प्रभुनाथ एग्री प्रोडक्सन एण्ड सर्भिस सेन्टरका नाम बाट संचालनमा ल्याईएको छ । सोहि भवनमा किसानले शुक्रवार देखि ताला लगाएका हुन् ।

कम्पनीले किसानलाई उन्नत जातको गरिमा धन भनेर बिक्रि गरेको धान गरिमा नभएको पुष्टि भैसकेको छ । गरिमा धान भनेर खरिद गर्ने दाङमा करिब तीन सय उन्तीस जना किसान पिडित छन् । प्रालिले बितेको वैशाख र जेष्ठ महिनामा प्रति किलो दुई सय साठीमा दाङका चार वटा एग्रोभेट सेन्टरलाई बिक्रि गरेको थियो ।

एग्रीकल्चर प्रालिले भारतको हैदरावाद बाट चौतिस हजार किलो यो धान खरिद गरेको थियो, जस मध्य बाईस हजार किलो धान बिक्री गरेको थियो । बाँकी बचेको फेरी सोहि भारतीय कम्पनीले फिर्ता लगेको छ ।